साझेदारी गर्नुहोस्

कार्बन मोनोअक्साइडको अत्यधिक स्तरको भएको कारण दक्षिणी पश्चिमी चीनको कोइला खानीमा आइतबार १६ व्यक्तिको मृत्यु भएको, अधिकारीहरू र सरकारी मिडियाले बताएका छन्। कुल १७ जना खानीमा फसेका छन। एक व्यक्तिलाई अस्पताल लगिएको छ र अन्य १६ जनाको निधन भएको हो।
आधिकारिक सिन्हुआ न्युज एजेन्सीले भने कि बेल्ट जलेको कारण कार्बन मोनोअक्साइडको उच्च स्तर भइरहेको छ। बेल्ट के हो भनेर वर्णन भने गरिएको छैन। सो घटना बारे अनुसन्धान भइरहेको जनैएको छ।