प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामाबाट मुक्त भएको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन्।
‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ’ उनले भने।
उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए।
















