साझेदारी गर्नुहोस्

भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ ।  यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो ।

गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको थियो ।