इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १-० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ।
नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाले गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो। साम्बाले प्रहार गरेको यही गोल नै नेपाललाई फाइनलमा पुर्याउन पर्याप्त भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको थियो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतार्ने निर्णय सही सावित भएको छ।
















