साझेदारी गर्नुहोस्

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा टोटनहमलाई २–० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । सिटीका लागि हर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पहिलो तथा दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए । जितसँगै म्यानचेस्टर सिटी सिटीको ८८ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक छ । पराजित भएको टोटनहम ६३ अंकसहित पाचौँ स्थानमा छ।