इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सले उत्कृष्ट जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७८ रनले पराजित गरेको हो । २१३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।
उसका लागि एडेन मार्करामले ३२, हेनरिक क्लासेन २० र अब्दुल समदले १९ रनको योगदान दिए । हैदरावादका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । चेन्नईका लागि तुषार देशपाण्डेले चार विकेट लिए । भने मथीशा पाथिराना र मुस्ताफिजुर रहमानले समान दुई/दुई विकेट लिए ।






















