पुष २९ – लन्डनमा एक नेपाली नागरिकलाई निर्दयतापूर्वक कुटपिट गरियो। नेपाली शेफ एसोसिएसन, युकेका अध्यक्ष कृष्ण तिम्ल्सेनाका अनुसार काठमाडौंका ३५ वर्षीय विक्रम केसीको आइतबार रात हत्या भएको थियो। पूर्वी केस्ट रेलवे स्टेशन, लन्डनको अगाडि २१ बर्षे एक युवकले केसीको हत्या गरे। “केसीलाई अज्ञात युवकले हमला गरे जब उनी आइतबार एक रेस्टुराँमा काम गरेर रात १० बजे घर फर्किरहेका थिए। केसीको घटनास्थलमै मृत्यु भयो। युवाले केसीलाई किन हमला गरे त्यसको कारण अहिलेसम्म थाहा छैन, ”तिम्ल्सेनाले भने। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ र केसको अनुसन्धान भइरहेको छ। तिम्ल्सेना २००७ मा लन्डन गएका थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण