साझेदारी गर्नुहोस्

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । उनि नेपाल मा १२ क्छ्या को पढाइ पुरा गरेर २०१४ मा उच्च पढाइ को लाइ अमेरिका गएका हुन् । उनको पहिले देखि नै संगीत आ रुचि थियो ।

उनले फेसबुक मा धन्य्बाद इदै एस्तो स्टेटस लेखेका छन्

‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’