साझेदारी गर्नुहोस्

आज ९ जना संक्रमित देखिएको नेपालगञ्‍जमा थप ६ जनामा संक्रमण देखिएको छ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् ।कोरोन संक्रमणको पुष्टि भएको सुरु को ६० वर्ष को व्यक्ति वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । उनि भारत आवत जावत गरि रहन्थे , ल्क डाउन अघि उनि भारत बहराइच लगायत को ठाउँ ह्रु गएका थिए । भारत को बहरैच मा अहिले सम्म धेरै जना मा कोरोन संक्रमण देखिएको छ | आज थपिएका १५ कोरोन संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् | अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ र  उनीहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको छ ।