मंसिर ३० – सुनको मूल्य आज १०० ले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एंड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज पहेंलो बहुमूल्य धातु प्रति तोला ९२,३०० रुपैयाँमा कारोबार भइरहेको छ। पहेलो बहुमूल्य धातुको मूल्य सोमबार पनि प्रति तोला ९२,४०० थियो। त्यस्तै तेजाबी सुन आज प्रति तोला ९१,८५० र चाँदी १,२०० मा बिक्री भइरहेको छ।