साझेदारी गर्नुहोस्

भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।