साझेदारी गर्नुहोस्

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६ प्रतिशत हो । तिमध्ये हाल १२ हजार ६९२ जना संक्रमित सक्रिय रहेका छन् । उपत्यकाको भक्तपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ हजार ३३६ जना, ललितपुरमा ११ हजार ९४८ जनार काठमाडौँमा ८१ हजार ५८८ जना रहेका छन् ।

संक्रमितमध्ये ४८८ जनाको मृत्यु भइसकेको छ, भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएर फर्किएका छन् । हालसम्म काठमाडौँमा ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् । यस्तै ललितपुरमा ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् । भक्तपुरमा ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएका छन् ।