साझेदारी गर्नुहोस्

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ ।

शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो । विश्व स्वास्थ्य संगठनले युरोपको सरकारलाई कारवाही गर्न आग्रह गरेको छ किनभने युरोपमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ ।