त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।
सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने






















