काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपतिक्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब रु १५ करोेड अनुदानमा पाशुपतक्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै पशुपतिक्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुनेछ ।
कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगिएको छ ।
९ रोपनी क्षेत्रफलमा उद्यान
कुलेश्वर उद्यान नौ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । करीब रु एक करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । कामपाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न रु २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी उद्यान निर्माणको योजना अघि सारेको छ ।
प्रमुख शाक्य अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेकाले तीनै तहका सरकार र जनता मिलेर नियन्त्रण प्रयासमा लाग्न जरुरी रहेकामा जोड दिनुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
थप तीन विद्युतीय शवदाह निर्माण हुने
















