साझेदारी गर्नुहोस्

ज्वरो आएपछि शनिबार राति पाटन अस्पतालमा भर्ना भएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलमा कोरोना देखिएको छ। शनिबार एक्कसी ज्वरो आएपछि मन्त्री पोखरेलको पाटन अस्पतालमा भर्ना गरिएका मन्त्री पोखरेलमा आइतबार कोरोना देखिएको हो। मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले मन्त्रीमा कोरोना संक्रमण देखिएको बताए।उनले अहिले मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको डाक्टरहरुले जानकारी दिएको बताए।