साझेदारी गर्नुहोस्

असोज २५ – भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणको कारण निधन भएको छ। असोज १४ गते कोरोन परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि उनलाई भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई पुष्पाजली अस्पतालमा तिन दिन रखिएर डिस्चार्ज गरिएको थियो। उनको स्वास्थ्य अवस्था फेरी बिग्रिन थाले पछि उनलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो र उनको उपचारकै क्रममा मृत्यु भएको हो।  स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।