ललितपुरको सुनाकोठी स्थित भ्याली होम्सद्वारा निर्माण गरिएको आवास क्षेत्रमा रहेका घरधनीहरुको हक हित र सुरक्षाका लागी गठन गरिएको द टेरेसेस व्यवस्थापन समिति को पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २४ गते सम्पन्न उक्त साधारण सभामा सरकारले तोकेको कोभिड १९ को सुरक्षा मापदण्ड अनुसार विभिन्न सूरक्षाका उपायहरु अवलम्वन गर्दै ४० जना सदस्यहरुको उपस्थितीमा साधारण सभा समापन गरिएको जानकारी समितिमा सोही साधारण सभाबाट चयन हुनुभएकी सचिब रिन्कु बज्राचार्य श्रेष्ठले जानकारी दिनुभयो ।
५४ जना सदस्य रहेको उक्त समितिमा उपस्थित ४० सदस्यहरुको उपस्थितीले नयां कार्यकाल का लागी पदाधिकारीहरु चयन गरेको थियो । जस अनुसार ओम देबी मल्ल अध्यक्ष, नबिन ज्योती तुलाधर उपाध्यक्ष रिन्कु बज्राचार्य श्रेष्ठ सचिब तथा गगन प्रधान कोषाध्यक्षमा चयन हुनु भएको छ ।
सोही कोलोनीमा रहनुभएका वरिष्ठ एवं प्रख्यात कलाकार मदन कृष्ण श्रेष्ठले राख्नु भएको कोलोनी भित्र निर्माण गर्नु पर्ने खानेपानी ,नयां बोरिङ्ग, ढल ब्यबस्थापन,सुवेज ट्रिटमेन्ट प्लाण्ट,स्विमिङ्ग पूल, सडक कालोपत्रे लगायत भौतिक पूर्वाधारहरु निर्माणका लागी कोलोनी निर्माण गर्ने संस्था भ्याली होम्सलाई आफ्नै लागतमा बनाउनका लागी अनुरोध गर्ने सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।
यसैगरी, सोही साधारण सभाले भ्याली होम्सका घरधनीहरुलाई दिइदै आएको पाँच आवश्यक सेवाहरु खानेपानी, बिजुली, सेक्युरिटी, फोहोर मैला ब्यबस्थापन र बगैंचा रेखदेखका लागी न्यूनतम शूल्क लिएर भ्याली होम्सलाई नै उक्त जिम्मेवारी दिनका लागी समेत अनुरोध गर्ने निर्णय गरेको थियो । साथै,साधारण सदस्यहरुको उपस्थितिमा भ्याली होम्सको स्वीकृत गुरु योजना अनुरुपका तेस्रो चरणको आवासहरुको निर्बाध रुपमा निर्माण र बेच बिखन गर्न सहयोग गर्ने निर्णय समेत सभाले गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ
















