साझेदारी गर्नुहोस्

पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।