साझेदारी गर्नुहोस्

ब्राजिलमा कोरोना भाइरसका संक्रमित ५० लाख नाघेका छन् । विश्वमा तेस्रो धेरै कोरोना प्रभावित मुलुक ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको हो । पछिल्लो २४ घण्टामा ३१ हजार ४०४ संक्रमित थपिएसँगै संक्रमित संख्या ब्राजिलमा संक्रमित संख्या ५० लाख २ हजार ३५७ पुगेको हो । यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७३३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ३०४ पुगेको हो । अहिलेसम्म ४३ लाख ९१ हजार ४२४ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६२ हजार ६२९ जनाको उपचार भइरहेकोमा  ८ हजार ३१८ जना सिकिस्त छन् ।