सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा केहिबेर अघि बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । दाङको भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ यो प्रस्ताव आएको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बैठकपछि बताए । बुटवलमा रहेको अस्थायी राजधानी सारेर दाङको भालुवाङ लग्ने निर्णय भएपछि अहिले नेपाली कांग्रेस, अन्य विपक्षी दल लगायतले बुटवलमा आन्दोलन गरिरहेका छन् । प्रदेशसभा वैठक सुरु भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















