साझेदारी गर्नुहोस्

असोज १७ – ६ महिनाभन्दा बढी समय देखि बन्द रहेको पर्यटकीय गतिविधि ६ महिना पश्चात सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात संचालन गरे संगै देशभर आवतजावत बढेको छ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन् । नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीका अनुसार १ असोजपछि देशैभर आन्तरिक पर्यटनका धेरैजसो गतिविधि सुरु भएको बताएका छन् ।

पर्यटकीय माहोल बढाउनका लागि पहिला व्यवसायी र सरोकारवाला निकायहरु नै घुमफिर गराउन प्रयास गरिरहेका छन्। सीइओ रेग्मी भन्छन्, आफैं सर्वप्रथम फिल्डमा गएर अनुभव गरेपछि मात्र आफ्ना पाहुनालाई राम्रो सेवा दिन सकिन्छ, त्यसकारण पर्यटन व्यवसायीलाई नै घुमघाममा प्रोत्साहन गरिरहेका छौं ।