भक्तपुरमा १७ वर्षीया किशोरीमाथि दुईदिनसम्म लगातार बलात्कार भएको छ। भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले शुक्रबार शनिबार किशोरीलाई लठ्याउने औषधि खुवाएर सामुहिक बलात्कार गरेका थिए।
काठमाडौं। भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको उजुरीको आधारमा दुई जनालाई महानगरीय प्रहरी वृत जगातीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन्।
महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राजेश थापाका अनुसार किशोरीलाई बसकै कर्मचारीहरुल लठ्याउने औषधि खुवाएर दुईदिनसम्म बलात्कार गरेका थिए। सो घट्नामा संलग्न एक जना भने फरार रहेको छन्।
उनीहरुले ती किशोरीलाई काठमाडौबाट भक्तपुर लगेर बलात्कार गरेका थिए। शनिबार ५ बजे मात्रै ती किशोरी प्रहरीको सम्पर्कमा पुगपछि उनीहरुलाई पक्राउ गरिएको थियो।
















