सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।मोरङको सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण