साझेदारी गर्नुहोस्

विश्व शान्ति दिवसको अवसरमा पीस अफ इन्डियाले जयपुरको दिल्ली रोडस्थित एउटा होटलमा सोमबार आयोजना गरेको सम्मान समारोहमा नेपाली अभिनेत्री तथा मोडल नीतु कोइराला ‘शान्तिदूत अवार्ड’ बाट सम्मानित भएकी छिन् । समारोहमा नेपाली गायिका सञ्जु न्यौपाने पनि शान्तिदूत अवार्डबाट सम्मानित भएकी छिन् ।

नीतु र सञ्जु उक्त कार्यक्रममा सहभागिता जनाउन काठमाडौंबाट जयपुर पुगेका हुन् । समारोहमा मुख्य अतिथि भारतका शहीद ए आजम सुखदेव थापरका भतिजा अशोक थापर तथा सन्दीप थापर, पीस अफ इन्डियाका राष्ट्रिय अध्यक्ष विशाल भारद्वाजले नेपाली कलाकार नीतू कोइराला तथा गायिका सञ्जुलाई शान्ति दूत अवार्डद्वारा सम्मान गरेका हुन् ।

उक्त समारोहमा कारगिल मन्त्री सैयद अब्बास रिजवी, हीरा ताई पंवार, टेलिभिजन कलाकार शौर्य सक्सेना, प्रतिष्ठा ठाकुर आदि पनि सम्मानित भएको नेपाली कलाकार नीतू कोइरालाले जानकारी गराएकी छिन् । यसैबीच अभिनेत्री कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर आयोजित एउटा सांस्कृतिक कार्यक्रममा निर्णायकको रुपमा समेत सहभागि भएकी थिइन् । अभिनेत्री कोइराला यसअघि पनि भारतका विभिन्न अवार्डद्वारा सम्मानित भैसकेकी छिन् । विभिन्न नेपाली चलचित्रहरुमा अभिनय गरिसकेकी अभिनेत्री कोइराला पछिल्लो समय नेपाली म्युजिक भिडियोहरुमा सक्रिय छन् ।