साझेदारी गर्नुहोस्

भाद्र ३१ – केहि दिन अघि मानव स्वास्थ्यकालागि हानीकारक स्यानिटाइजर उत्पादन गरेको भेटिए संगै चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजरमा मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिस्सैएको पाइएको छ। गुणस्तरहीन तथा स्वास्थ्य का लागि हानिकारक स्यानिटाइजर प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले सर्वसाधरणलाई आग्रह गरेका छन्। त्यसैगरी ति गुणस्तरहीन स्यानिटाइजरको बिक्रि वितरण रोक्न तथा बजारमा बाकि रहेका स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई अनुरोध गरेको छ ।