साझेदारी गर्नुहोस्

भाद्र ३१ – भारत बाट प्याज निर्यात बन्द गरेपछि २४ घन्टाको अन्तार्मा कालिमाटी तरकारी बजारमा प्याजको भाउ शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको छ। ४५ देखि ५० रुपैया सम्म रहेको प्याजको भाउ ह्वात्तै बढेर १३० भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भारत बाट प्याज निर्यात बन्द भएपछि व्यापारीहारुको मनोमानी सुरु भएको जनाएको छ। ३४ सय टन प्याज बजार उपनिर्देशक श्रेष्ठले तीन टन मात्रै नेपाली प्याज आएको बताएक छन्।