साझेदारी गर्नुहोस्

दशैंको टिकट बुकिङ असोज १५ देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले असोज १५ देखि दशैँ विशेष लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको बताइएको छ । दसैँलाई लक्षित गरी १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्ने तयारी भइरहेको र टिकट बसपार्कमा भन्दा अनलाईनबाटै काट्न मिल्ने गरी व्यवस्था गर्न लागिएको बताइएको छ ।

धेरै यात्रुको चाप हुने भएकाले गाडी भाडा ५० प्रतिशतले बढाउने तयारी भइरहेको छ । एक सीटमा एक जना मात्रै यात्रु राख्ने गरी दोब्बर भाडा बढाउन लागिएको बताइएको छ ।