साझेदारी गर्नुहोस्

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।

हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा रोक लगाएको हो ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। नेपालमा हरेक वर्ष ठूलो परिणाममा भारतबाट प्याज आयात हुने गरेको छ।