साझेदारी गर्नुहोस्

भाद्र २९ – कोरोना भाइरस संक्रमणको महामारी पछि विगत ६ महिना देखि ठप्प सार्बजानिक यातातायत असोज १ गते देखि खुल्ने यातायात व्यवसायी र लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउनेश्रमिकहरूले यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई सम्पूर्ण यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै छन्। तर सरकारले भने यस बिषयमा अहिले सम्म केहि निर्णय गरेका छैनन्।

सवारीसाधन खोल्ने या नखोल्ने बारे अहिले सम्म निर्णय नभएको र यस बिषयमा सकारात्मक निर्णय आफुले गर्न नसक्ने मन्त्री नेम्वाङले बताए।जहा कोरोना संक्रमणको प्रभाब न्युन छ तेस्त ठाउँ हरुमा सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरी सञ्चालन गर्नुपर्छ भन्ने हो,महानिर्देशक हमालले बताए। सवारीसाधन खुलाउने या नखुलाउने बारे मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताएका छन्। निषेधाज्ञाली जनजीवन कष्टकर बनेको र आम्दानि को स्रोत अरुकुन्नै नभएको यातायात व्यवसाइहरुले बताए। केहि उपाय नभए पछि व्यवसायी हरुले सवारी साधन सञ्चालन गर्ने विकल्प अपानाउन लागेका हुन्। यो निर्णय अव्यावहारिक र विभेदकारी रहेकाले १६ सिटमुनिका सवारीसाधनलाई पनि सञ्चालनका लागि अनुमति दिन उनीहरूको माग छ ।