साझेदारी गर्नुहोस्

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकहरुलाई कोरोना संक्रमण भएमा उपचार खर्च कोषले नै व्यहोर्ने भएको छ।
कोषमा सूचीकृत श्रमिकहरुमा कोरोना देखिएमा १ लाखसम्म उपचार खर्च कोषले व्यहोर्ने प्रवक्ता विवेक पन्थीले बताए।

कोरोना संक्रमित योगदानकर्ताले घरमै उपचार गराएमा कोषबाट वार्षिक २५ हजारसम्म भुक्तानी पाउने र अस्पतालमा भर्ना भएर उपचार गरेको अवस्थामा अधिकतम १ लाख रुपैयाँसम्म पाउने कोषले जनाएको छ। तर यो सुविधाका लागि योगदानकर्ताले योगदान रकम जम्मा गर्न सुरु गरेको ३ महिना पुगेको हुनुपर्नेछ।

कोषका प्रवक्ता पन्थीका अनुसार कोरोनाका कारण श्रमिकको मृत्यू भएमा मृतकका परिवारले आश्रित योजना अन्तर्गतको सुविधा समेत पाउनेछन्। कोषले ल्याएको यो योजनाअन्तर्गत ४ वटा क्षेत्र रहेका छन्। यो योजनाअन्तर्गत पति वा पत्नीले पाउने निवृत्तीभरण, सन्ततिले पाउने शैक्षिक वृति, आश्रित बाबुआमाले पाउने सुविधा, अन्तिम संस्कार खर्च रहेको छ।