साझेदारी गर्नुहोस्

जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी छन्। न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् । ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।