साझेदारी गर्नुहोस्

 

भाद्र २७ – काठमाडौँ र भक्तपुरमा रहेको ५ ओटा कारखानाहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ। औषधि व्यवस्था विभागको प्रयोगशालाले गरेको परीक्षणमा मानिसको स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने रसायन प्रयोग गरेर उत्पादन गरेको पाइएको छ। काठमाडौँमा रहेको ४ ओटा उद्योग र भक्तपुरमा रहेको १ उद्योगले एस्त गतिबिधि गरेको जनाइएको छ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको  छ ।