भाद्र २५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले आफ्नै पार्टीका नेताविरुद्ध ट्विटर,फेसबुकमा स्वतन्त्र रुपमा आलोचना गर्न पाएका थिए भने अब यस्ता गतिबिधि प्रतिबन्धित गरिएको छ।भोलि शुक्रबार हुनलागेको बैठकमा नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध आलोचना गर्न प्रतिबन्ध लगाउने निर्णय गर्न लागेको हो ।
अध्यक्षद्वयको प्रस्तावमा , ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्ने ,भनिएको छ।






















