साझेदारी गर्नुहोस्

भारतमा एक दिनमै ९५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डमिटरको तथ्याङ्क अनुसार गत २४ घण्टामा भारतमा ९५ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका हुन्। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४४ लाख ६२ हजार ९ सय बढी रहेको छ।

भारतमा कोरोनाका कारण ७५ हजार बढीले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार बढी रहेको छ।

भारतमा कोरोनका ९५ हजार संक्रमित थपिएपछि विश्वभरमा गत २४ घण्टामा २ लाख ८३ हजार संक्रमितहरु थपिएका छन्। यो सँगै विश्वभरमा हालसम्म २ करोड ८० लाख ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। २ करोड ८० लाख मध्ये २ करोड ८३ हजार बढी संक्रमण मुक्त पनि भएका छन्।

यस्तै कोरोनाकै कारण विश्भरमा ९ लाख ७ हजार बढीले ज्यान समेत गुमाएका छन्। हाल विश्वभर ७० लाख २१ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ।

गत २४ घण्टामा भारतपछि अमेरिकामा ३४ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाका संक्रमितहरुको संख्या ६५ लाख ४८ हजार ७ सय बढी रहेको छ। अमेरिकामा कोरोनाका कारण १ लाख ९५ हजार बढीले ज्यान गुमाएका छन् भने गत २० घण्टामा मात्र कोरोनाका कारण १ हजार बढीको मृत्यु भएको छ।

अमेरिकाजस्तै ब्राजिलमा पनि गत २४ घण्टामा ३४ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म ४१ लाख ९९ हजार बढी कोरोनाका संक्रमितहरु रहेका छन्। जसमध्ये १ लाख २८ हजार बढीको मृत्यु भएको छ भने गत २४ घण्टामा मात्र ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार बढी रहेको छ।