साझेदारी गर्नुहोस्

अब विभिन्न मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताले ब्यालेन्स थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न एउटै सर्ट कोड प्रयोग गर्न पाउने छन्।अहिले प्रयोगमा रहेको सर्ट कोड र टोल एक वर्ष अन्तर्गत परिवर्तन हुने भएको छ। हालसम्म सेवा प्रदायकपिच्छे फरक कोडहरु प्रयोग हुदै आएक्को छ भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने गरी कार्यविधि आएको छ ।अब ६ महिनाभित्रै सबै सेवा प्रदायकले;

  • ब्यालेन्स थाहा पाउन १४४,
  • ब्यालेन्स ट्रान्सफर गर्न १३३
  • रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ ।

सेवाप्रदायकअनुसार विभिन्न कोधरु भएकोले प्रयोगकर्ता हरुलाई समस्या भएकोले सर्ट कोड परिवर्तन गर्नलगिएको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

त्यसैगरी टोल फ्रि सेवाको लागि पनि छुट्टै व्यवस्ता गरिएको छ। अब सेवा प्रदायकले १८०० बाट सुरु हुने गरी यस्तो नम्बर दिनुपर्नेछ । जुन १० अंकका हुनेछन् ।१८०० पछि एउटा नम्बर सेवा प्रदायक छुटि्टने कोड राखिने र बाँकी युनिक सब्स्क्राइभर नम्बर रहनेछन् । यो नम्बर प्रयोग सबै सेवाप्रदायकका टेलिफोन प्रयोगकर्ताले उपयोग गर्न पाउने छन् ।चार अंकको सर्ट कोड बाट प्रयोग भइरहेका एसएमएस, आइभीआर, यूएसएसडीलगायतका अन्य सेवाहरुलाई ५ अंकको सर्ट कोडमा रुपान्तरण गर्नुपर्नेछ ।३ अंकको सर्ट कोड अत्यावश्यक र आकस्मिक सेवालाई मात्रै उपलब्ध हुनेछ ।प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई एक महिनाभित्र आफूले प्रयोग गरिरहेको सर्ट कोड र टोल फ्रि नम्बरको सबै विवरण उपलब्ध गराउन पनि भनेको छ र वर्षको दुई पटक प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान पनि ल्याइएको छ ।