साझेदारी गर्नुहोस्
कृषि मल आयातका लागि ठेक्का पाएका ठेक्कादारले ठेक्का शर्त बमोजिम समयमै मल आयत नगरेको भन्दै सरकारले ठेक्का सम्झौता रद्द गरेको छ। समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता कृषि सामाग्री कम्पनी लिमिटेडले रद्द गरेको हो।

भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल हालसम्म आायेत नहुँदा कृषक मारमा परेका छन् भने सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने प्रक्रिया अगाडि बढाएको छ। ठेक्का शर्त बमोजिम समयमै मल आयात नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ। कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६–७७ को लागि यी दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए।