भाद्र २० – पाल्पामा बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि पछिल्लो दुई सातादेखि लगाइएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो बनाइएको छ। निषेधाज्ञा खुकुलो बनाइए तापनि सार्वजनिक सवारी साधन चलाउन दिइएको छैन भने निजी सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चल्न दिइएको छ। सबै सवारी साधन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म चलाउन रोक लगाइएको छ । त्यसैगरी स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अरु सबै पसलहरु बेलुका ५ बजेदेखी बिहान ७ बजेसम्म बन्द रहने प्रशासनले बताएको छ ।























