साझेदारी गर्नुहोस्

२० भदौ – सर्वोच्च अदालतले कोरोना भाइरसबाट मृत्यु भएका या सङ्क्रमित व्यक्तिको विवरण व्यक्तिको सहमति बिना त्यस्ता विवरण छाप्न वा सार्वजनिक गर्न नपाउने सरकारका नाममा आदेश जारी गरेको छ । अदालतले हाल मृत्यु भएको व्यक्तिको मात्र नभई कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत दुुव्र्यवहार भइरहेको र एस्तो ब्यहबर गरेमा कारबाही हुने सचेत गराएको छ । व्यक्तिको जिउ, आवास, पत्राचारलगायत गोप्य रहने संवैधानिक व्यवस्थालाई पनि अदालतले उल्लेख गराएको छ । अदालतले कोरोना भाइरस संक्रमित व्यक्तिको परिचय सार्बजानिक गर्ने अभ्यास हटाउनुपर्ने समेत फैसलामा उल्लेख गरेको छ ।