साझेदारी गर्नुहोस्
भारतका सुमित नागलमाथि सहज जित निकाल्दै दोस्रो बरियताका डोमिनिक थिएम युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेस गरेका छन् ।नपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा दोस्रो बरियताका अस्ट्रियन थिएमले नागललाई ६-३, ६-३ र ६-२ को सेटमा पराजित गरेका हुन् ।

थिएमले तेस्रो चरणमा सन् २०१४ का विजेता मारिन सिलिकको सामना गर्ने भएका छन्। मारिन सिलिक स्लोभाकियाका खेलाडी नोबट गोम्बोसलाई ६-३, १-६ ७-६ (७ २) र ७-५ को सेटमा पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेका हुन् ।यस्तै वासिक पोस्पिसिलले आफ्नै देश क्यानडाका खेलाड मिलोस राओनिकलाई अप्रत्यासित रुपमा ६-७ (१ ७) ६-३ ७-६ (७-४) र ६-३ को सेटमा पराजित गरेका छन् ।