साझेदारी गर्नुहोस्

१५ भदौ – काठमाडौं उपत्यकामा होम डेलिभरी सेवा खुला गर्ने कुनै अनुदान नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सेवा सञ्चालन मापदण्डबारे कार्यदल गठिन गरिएको र उक्त कार्यदलको सिफारिसपछि मात्रै सेवा सञ्चालनबारे निर्णय हुने कार्यालयका एक अधिकारीले बताएका छन् । ‘अहिलेसम्म कुनै सहमति नभएको र सेवा संचालन गर्न कुनै अनुमति नदिएको ,’ उनले बताए ।
कस्तो अवस्थामा होमडेलिभरी सेवा दिने भन्नेबारे कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने र त्यसै अनुसार निर्णय हुने दाहालले बताए । प्रशासनले सेवा नखुलेको दाबी गरिहँदा ई-कमर्स तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले भने अत्यावश्यक वस्तुको होम डेलिभरी मंगलबारबाट सञ्चालन आएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा आदेशको बुँदा ६ अनुसार अत्यावश्यक सेवामा मात्रै डेलिभरी सुरु गरिएको भट्टको भनाइ छ ।
औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध तथा दूग्ध जन्य पदार्थ र प्याकेजिङका सामग्रीहरुको व्यवसाय सञ्चालन गर्न रोक पूर्वअनुमति नचाहिने र यस्तो सेवामा रोक पनि नरहेको हुनाले सेवा सञ्चालन गरेको फोरमले दावी गरेको छ । रेष्टुरेन्टबाट हुने टेक-अवे सेवा भने नगर्न सहमत भएको व्यवसायीहरुको दाबी छ ।