काठमाडौं । भक्तपुरको सूर्यविनायकमा अवस्थित एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरले आफ्नो सफल यात्राको १६औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। सौन्दर्य सेवा, सीप विकास र महिला सशक्तीकरणको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको संस्थाले वार्षिकोत्सवलाई प्रशिक्षण, सम्मान र नयाँ योजनाको घोषणासहित विशेष रूपमा मनाएको हो।
कार्यक्रममा नेपाली चलचित्रका चर्चित अभिनेता सलोन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। समारोहमा संस्थाबाट विभिन्न सौन्दर्यसम्बन्धी तालिम पूरा गरेका ७० भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै संस्थासँग सहकार्य गर्दै आएका विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
डेढ दशकदेखि सौन्दर्य क्षेत्रको प्रेरणादायी यात्रा
एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरकी संस्थापक तथा प्रख्यात सौन्दर्यविद् अप्सना नेवा विगत डेढ दशकभन्दा लामो समयदेखि नेपाली सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै आएकी व्यक्तित्व हुन्। उनले सौन्दर्य सेवा प्रदान गर्नुका साथै हजारौँ युवायुवतीलाई व्यावसायिक तालिममार्फत आत्मनिर्भर बन्ने अवसर प्रदान गरेकी छन्।
उनको नेतृत्वमा सञ्चालित एपी ब्युटि सलोनले भक्तपुर क्षेत्रमा गुणस्तरीय सेवा, ग्राहकमैत्री व्यवहार र आधुनिक प्रविधिमा आधारित सौन्दर्य सेवाका कारण विशेष पहिचान स्थापित गरेको छ। संस्थाले हालसम्म लाखौँ ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिसकेको दाबी गर्दै आएको छ भने प्रशिक्षित जनशक्तिले देशभित्र मात्रै होइन विदेशमा समेत सफल व्यवसाय सञ्चालन गरिरहेका छन्।
अप्सना नेवाले नेपालसँगै थाइल्यान्ड, भारत लगायत विभिन्न देशमा आयोजना भएका अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, सम्मेलन तथा कार्यक्रममा सहभागिता जनाउँदै प्रतिष्ठित अवार्ड र सम्मान प्राप्त गरेकी छन्। उनी सफल ब्युटिसियन मात्र नभई विभिन्न राष्ट्रियस्तरका सौन्दर्य तथा फेसनसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएकी एक सफल इभेन्ट आयोजकका रूपमा समेत परिचित छिन्।
महिलाको क्षमता विकास, आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धनलाई आफ्नो मुख्य उद्देश्य बनाउँदै उनले सञ्चालन गर्दै आएको तालिम केन्द्र धेरै महिलाका लागि प्रेरणाको केन्द्र बनेको छ।
“सीप नै सबैभन्दा ठूलो सम्पत्ति हो” : अप्सना नेवा
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अप्सना नेवाले १६ वर्षको यात्रा कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नभएको बताइन्।
उनले भनिन्, “आज एपी ब्युटि सलोनले यहाँसम्मको यात्रा तय गर्न सफल हुनुको मुख्य आधार ग्राहक, प्रशिक्षार्थी, अभिभावक, सहकार्य गर्ने संस्थाहरू र सम्पूर्ण शुभेच्छुकको विश्वास तथा साथ हो। यही विश्वासले हामीलाई अझ जिम्मेवार बनाएको छ।”
उनका अनुसार सौन्दर्य क्षेत्र केवल श्रृङ्गारमा सीमित नभई आत्मविश्वास, व्यक्तित्व विकास र स्वरोजगार सिर्जनासँग प्रत्यक्ष जोडिएको व्यवसाय हो। त्यसैले संस्थाले अन्तर्राष्ट्रिय स्तरको सीप र आधुनिक प्रविधिमा आधारित प्रशिक्षणलाई निरन्तर प्राथमिकता दिँदै आएको उनले बताइन्।
नेवाले आगामी दिनमा अझ आधुनिक उपकरण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रशिक्षण, दक्ष प्रशिक्षक र गुणस्तरीय सेवामार्फत संस्थालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै महिलालाई आत्मनिर्भर बनाउने अभियानलाई निरन्तर अघि बढाइने स्पष्ट पारिन्।
“ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सफलता” : प्रकाश राई
संस्थाका प्रमुख प्रकाश राईले १६ वर्षसम्म निरन्तर ग्राहकको विश्वास जित्दै सेवा गर्न पाउनु संस्थाका लागि गर्वको विषय भएको बताए।
उनले भने, “एपी ब्युटि सलोनले आज जुन स्थान बनाएको छ, त्यो केवल व्यवसायिक सफलताको परिणाम होइन, ग्राहकप्रतिको इमानदार सेवा, गुणस्तरीय प्रशिक्षण र सम्पूर्ण टोलीको समर्पणको प्रतिफल हो। हामीलाई निरन्तर विश्वास गर्ने ग्राहक, प्रशिक्षार्थी र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
उनले भविष्यमा पनि सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र आधुनिक सौन्दर्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै नेपाली सौन्दर्य उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउन एपी ब्युटि सलोनले आफ्नो भूमिका अझ सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि सलोन बस्नेतको शुभकामना
समारोहका प्रमुख अतिथि अभिनेता सलोन बस्नेतले १६ वर्षसम्म एउटै क्षेत्रमा निरन्तर उत्कृष्ट सेवा दिँदै संस्थालाई विश्वासिलो ब्रान्डका रूपमा स्थापित गर्नु आफैंमा ठूलो उपलब्धि भएको बताए।
उनले अप्सना नेवा र सम्पूर्ण टोलीलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै समर्पण र गुणस्तरीय सेवामार्फत अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरे। उनले सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने संस्थाको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।
कार्यक्रममा विभिन्न प्रतिष्ठित कस्मेटिक कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूले एपी ब्युटि सलोनले नेपाली सौन्दर्य उद्योगमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत संस्थासँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनीहरूले गुणस्तरीय सेवा, दक्ष जनशक्ति उत्पादन र व्यावसायिक नैतिकतालाई प्राथमिकता दिँदै आएको संस्थाले नेपाली ब्युटि उद्योगको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा राखे।
वार्षिकोत्सवको विशेष अफर
१६औँ वार्षिकोत्सवको अवसर पारेर एपी ब्युटि सलोनले सैलुन सेवामा ३० प्रतिशत छुट तथा ब्युटि प्रशिक्षण कार्यक्रममा विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार उक्त विशेष अफर श्रावण महिनाभर लागू हुनेछ। कार्यक्रमको सञ्चालन मोडल विनिता मानन्धरले गरेकी थिइन्।
१६ वर्षको सफल यात्रासँगै एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरले गुणस्तरीय सेवा, व्यावसायिक प्रशिक्षण र महिला सशक्तीकरणको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोराउँदै आगामी दिनमा सौन्दर्य क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

















