साझेदारी गर्नुहोस्

काठमाडौं उपत्यकाका जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिन उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठक बस्दै।
यही भदौ ३ गते राति १२ बजेदेखि उपत्याकाभर लागु गरिएको निषेधाज्ञा हटाउने वा खुकुलो पार्ने भन्नेबारे बैठकमा छलफल हुने जानकारी दिइएको छ । निषेधाज्ञाका कारण जनजीवन थप कस्टकर बन्दै गएको बेला केही खुकुलो व्यवस्था गरेर निषेधाज्ञा कायम राख्ने या हटाउने भन्नेबारे निर्णय हुनेछ ।
तीनै जिल्लाका सिडिओ राय आजै गृह मन्त्रालयमा पठाइने बताइएको छ । गृहमन्त्रालयको स्वीकृति वा सुझावपछि पुनँ बुधबार सिडिओहरुको बैठक बसेर आवश्यक निर्णय लिइने जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण लगातार बढ्न थालेपछि सुरुमा एक हप्ता र पुनः एक हप्ता थप गरेर निषेधाज्ञा जारी गरिएको थियो । जारी निषेधाज्ञाको अवधि बुधबार राति १२ बजे समाप्त हुनेछ ।