साझेदारी गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन सपिङ तथा होम डेलिभरी सेवामा रोक लगाउनु दु:खद भएको बताएका छन्।
कोरोना संक्रमण रोक्नका लागि संसारका कयौं देशले कडा भन्दा कडा लकडाउन गर्दा नेपाल उपयुक्त आपूर्ति प्रणालीका रुपमा लिइएको होम डेलिभरी र अनलाइन सपिङलाई नेपाल सरकारले रोक लगाउनु गलत भएको उनले बताए।
‘संसरका सबैभन्दा कडा भनिएका लकडाउनमा पनि आपूर्ति चालू राख्न अनलाइन सपिङ र होम डेलिभरी जारी थियो। तर नेपाल सरकारले भने बिपरित कमद चालेको छ’ उनले भने।
काठमाडौं जिल्ला प्रशासनले राजधानीमा अनलाइन सपिङ तथा होम डेलिभरी गर्नेलाई कारवाही गर्ने जानकारी दिएको छ। यद्यपी प्रशासनले मापदण्ड बनाउनका लागि एउटा समिति तैयार गरेको छ। उक्त सिमितको सिफारिसमा बनेको मापदण्डमा रहेर व्यवसाय गर्न पाउने छन्।