साझेदारी गर्नुहोस्

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

मन्त्रिपरिष् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।

‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको छ’, उनले भने, ‘जसअनुसार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी पेश गरेको प्रतिवेदन बमोजिम हुनेछ । अन्यका हकमा सो आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सम्बन्धित निकाय र मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।’