अछाम टिकाथली सेवा समाजको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
फागुन २ गते शनिबार समाजका अध्यक्ष लोकेन्द्र बहादुर साउदको सभापतित्वमा ललितपुर जिल्लाको टिकाथलीस्थित रामारोसन किचेनमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बार्षिक साधारणसभामा समाजमा योगदान पुर्याउनु भएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कपिल केसीले सम्मान वितरण गर्नुभयो ।साधारणसभामा संस्थाको गतिविधि बारेमा जानकारी दिदैं अछाम टिकाथली सेवा समाजका अध्यक्ष लोकेन्द्र बहादुर साउदले विभिन्न समाजिक तथा साँस्कृतिक कार्यहरुमा समाजले सक्रिय सहभागिता दर्शाउँदै आएका बताउनुभयो ।






















