नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बिहीबारको तुलनामा आज सुन तोलामा ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला २७० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुन २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ९८० रुपैयाँ थियो। त्यसैगरी, बुधबार सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ६०० रुपैयाँ पुगेको थियो। मंगलबार भने सुन २ लाख ९० हजार ३०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।























