साझेदारी गर्नुहोस्

गृह मन्त्रालयले चुनावमा राष्ट्रिय झण्डाको दुरुपयोग गरे कारबाही हुने चेतावनी दिएको छ। निर्वाचनमा दलहरुले झण्डाको व्यापक प्रयोग गरिरहेकोबारे चर्चा भइरहेका बेला मन्त्रालयले आइतबार विज्ञिप्ति जारी गरेर कानुन अनुसार कारबाही हुने उल्लेख गरिएको छ।

मन्त्रालयले चुनावमा १० वटा भन्दा बढी झन्डा प्रयोग गर्न नहुनेतर्फ समेत सचेत गराएको छ। ‘निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न)मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको न्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न वाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

झण्डाको कसरी सही प्रयोग गर्ने भन्नेबारे पनि विज्ञिप्तिमा व्याख्या गरिएको छ।