साझेदारी गर्नुहोस्

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा दुवै पक्षबीच औपचारिक हस्ताक्षर सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जीका प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

हकप्रद शेयर निष्काशनबाट सङ्कलित रकम कम्पनीले अन्य हाइड्रोपावर आयोजनामा गरिएको लगानीका लागि प्रयोग गर्ने जनाएको छ । उक्त रकम ६१.११ मेगावाटको नारखोला तथा ८६.५९ मेगावाटको लान्द्रुक मोदीमा लगानी गर्न उपयोग गरिने सिंगटी हाइड्रो इनर्जीका प्रबन्ध सञ्चालक खड्काले बताए ।

हकप्रद शेयर निष्काशनसँगै कम्पनीको वित्तीय संरचना थप सुदृढ हुने र जलविद्युत क्षेत्रमा लगानी विस्तार हुने अपेक्षा गरिएको छ । कम्पनीको गत साेमबार सम्पन्न वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।