साझेदारी गर्नुहोस्

१३ भदाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोभिड १९ पोजिटिब देखिएको छ ।चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छन् । बिहीबार परीक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हो ।

तर, यस बारेमा चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन । ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टाइनमा बसिसकेका छन् ।चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।